arrow

साढे दश हजार नाघे एकैदिन मृतक, अमेरिकामा ३१ सय ४३

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
corona-worldwide.jpg
तस्बिर– फाइल

काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन साढे दश हजार भन्दा बढीको ज्यान गएको छ । बुधबार एकैदिन १० हजार ६४२ जनाको ज्यान गएको वल्डोमिटर्सले जनाएको छ । त्यसैगरी ३५ लाख २० हजार ५४९ जना संक्रमित थपिएका छन् । 

सबैभन्दा बढी अमेरिकामा ३ हजार १४३ जनाको ज्यान गएको छ । यो लामो समयपछिको पहिलो हो । अमेरिकामा एकैदिन ५ लाख ३३ हजार ३१३ संक्रमित थपिएका छन् । अहिलेसम्म अमेरिकामा ८ लाख ९८ हजार ६८० जनाको ज्यान गइसकेको छ । 

बुधबार भारतमा २ लाख ८४हजार ४६९ संक्रमित थपिँदा ५७५ जनाको ज्यान गएको छ । ब्रजिलमा २ लाख १९ हजार ८७८ संक्रमित थपिँदा ६०६ जनाको ज्यान गएको छ । 

फ्रान्समा ४ लाख २८ हजार ८ संक्रमित थपिँदा २५८ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख २ हजार २९२ संक्रमित थपिँदा ३४६ जनाको ज्यान गएको छ । 

रुसमा ७४ हजार ६९२ संक्रमित थपिँदा ६५७ जनाको ज्यान गएको छ । टर्कीमा ७७ हजार ४३४ संक्रमित थपिँदा १८८ जनाको ज्यान गएको छ । 

इटालीमा १ लाख ६७ हजार २०६ संक्रमित थपिँदा ३६२ जनाको ज्यान गएको छ । स्पेनमा १ लाख ३३ हजार ५५३ संक्रमित थपिँदा २१५ जनाको ज्यान गएको छ । 

जर्मनीमा १ लाख ८८ हजार ७५९ संक्रमित थपिँदा १८४ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा ८८ हजार ५०३ संक्रमित थपिँदा ३१६ जनाको ज्यान गएको छ । 

मेक्सिकोमा ४७५, पोल्याण्डमा २७६, कोलम्बियामा २८२, युक्रेनमा १४१, दक्षिण अफ्रिकामा ९४, क्यानडामा २२६, अष्ट्रेलियामा १०५, भियतनाममा १५५, ग्रीसमा ११८, काजखस्तानमा ३११ जनाको ज्यान गएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ