arrow

उत्तर कोरियाद्वारा एक महिनामा ६ मिसाइल परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
north korea missile.jpg

काठमाडौं । उत्तर कोरियाले बिहीबार छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ। यी दुई मिसाइल गरेर उत्तर कोरियाले एक महिना अर्थात् जनवरीमा मात्रै ६ वटा मिसाइल परीक्षण गरेको छ ।

दक्षिण कोरिया र जापानले बिहीबार उत्तर कोरियाले समुद्रमा दुई मिसाइल परीक्षण गरेको हो।

दक्षिण कोरियाको ज्वइन्ट चिफ्स अफ स्टाफका अनुसार मिसाइल उत्तर कोरियाको पूर्वी समुद्री सहर हामहुङबाट परीक्षण गरिएको हो। उक्त मिसाइल करिब ११९ किलोमिटर टाढा खसेको बताइएको छ ।

जापानका प्रधानमन्त्री फुमिओ किशिडाले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण ‘अत्यन्त खेदजनक’ रहेको बताएका छन्।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ