arrow

भारतमा फेरि बढे संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ माघ १३ बिहिबार
corona-india-maharastra-2022.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।  बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार  ३८४ जना नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

यसै समयमा भारतमा कोरोना संक्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ ।  भारतमा अहिले सक्रिय सङ््क्रमितहरुको सङ्ख्या २२ लाख २  हजार ४७२ रहेको छ ।    

कुल संक्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म संक्रमणमुक्त भइसकेका छन। ती मध्ये तीन लाख ६  हजार ३५७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ