arrow

पूर्व मुख्यमन्त्रीकी नातिनीले गरिन् झुण्डिएर आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
suriya1.PNG

काठमाडौं । कर्नाटकका पूर्व मुख्यमन्त्री बीएस येदियुरप्पाकी नातिनी सौन्दर्याले आत्महत्या गरेकी छन् । पेशाले डाक्टर रहेकी सौन्दर्याले आज झुण्डिएर आत्महत्या गरेकी हुन् ।

सौन्दर्या येदियुरप्पाकी छोरी पद्मावतीकी छोरी हुन्। सौन्दर्याको शव उनको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको छ । 

बिहान ८ बजे श्रीमान् काममा निस्किएपछि सौन्दर्याले १० बजे झुन्डिएर आत्महत्या गरेकी हुन् । सौन्दर्याको विवाह सन् २०१८ मा डाक्टर नीरजसँग भएको थियो । 

सौन्दर्या रामैया अस्पतालमा डाक्टरका रूपमा कार्यरत थिइन्। घरमा काम गर्ने कामदार आएपछि उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसपछि आत्माहत्या गरेको खुलेको हो ।

खबर पाए लगत्तै पुगेको प्रहरीले सौन्दर्यको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाएको थियो । ३० वर्षीया सौन्दर्याको ४ महिनाको छोरा छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनी गर्भावस्थापछिको डिप्रेसनमा थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ