arrow

बागमती सभ्यताले दियो बागमती छेउँँका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
bagmati-01.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बागमती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको  छ ।

सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको हो । 

यसअघिको सार्वजनिक सूचनाको बेवास्ता गरेको भन्दै समितिले तीन दिनभित्र हटाउन सुरु गर्न र सात दिन अर्थात् २१ माघभित्र खाली गरिसक्न भनेको हो । सात दिनभित्र नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ