arrow

पाँच वर्ष यताकै ठूलो मिसाइल प्रक्षेपण गर्‍यो उत्तर कोरियाले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
north-korea-missile.jpg

काठमाडौं । उत्तर कोरियाले सन् २०१७ यताकै ठूलो ठानिएको मिसाइल प्रक्षेपण गरेको छ । मध्यवर्ती दायराको मानिएको यो मिसाइल २ हजार किलोमिटर आकासमा पुगेर जापानी समुद्रमा खसेको थियो ।

जनवरीमा उत्तर कोरियाले गरेको यो सातौं मिसाइल प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिका लगायतले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाउँदै कडा प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धलाई अस्वीकार गर्दै उत्तरका नेता किम जोङ उनले आफ्नो देशको रक्षालाई बलियो बनाउने वाचा गरेका छन् । चीनमा शीतकालीन ओलम्पिकको ठीक अघि र मार्चमा दक्षिण कोरियाको राष्ट्रपतिको चुनाव अघिको महत्त्वपूर्ण समयमा उत्तर कोरियाले क्षेत्रिय शक्ति देखाउने संकेतले निरन्तर मिसाइल प्रक्षेपण गरिरहेको अनुमान गरिएको छ ।

दक्षिण कोरिया र जापानका अधिकारीहरुले यो मिसाइल ३० मिनेटसम्म उडेर ८०० किलोमिटर टाँढा पुगेको बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ