arrow

महात्मा गान्धीलाई श्रद्धाञ्जली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
mahatma-gandhi-death-anniversary-2022.jpg

काठमाडौं । भारतले स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भारतीय स्वतन्त्रता संग्रामका प्रमुख महात्मा गान्धीको पूण्यतिथि मनाएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत देशका शीर्ष राजनीतिक नेताहरूले नयाँदिल्लीको राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको ७४ औं पूण्यतिथि मनाएका हुन् ।

भारतलाई स्वतन्त्रता प्रदान गर्न अहम् भूमिका निभाएका महात्मा गान्धीको नामले परिचित मोहनदास करमचन्द गान्धीको सन् १९४८ को जनवरी ३० मा हत्या भएको थियो ।

नयाँ दिल्लीको बिर्ला हाउसमा नाथुराम गोडसेले गान्धीको छातीमा तीन वटा गोली हानेर हत्या गरेको थियो । महात्मा गान्धीको ७४ औं पूण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपिताको महान् आदर्शलाई अझ लोकप्रिय बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय स्वयंसेवक संघका सदस्य र हिन्दू महासभाका सदस्य रहेका गोडसेले प्रार्थना सभामा जाने क्रममा गान्धीको छातीमा गोली हानेका थिए ।

केन्द्रीय गृहमन्त्री अमित शाहले आइतबार साबरमती रिभरफ्रन्ट, अहमदाबादमा भारतीय राष्ट्रपिताको ७४ औं पूण्यतिथिमा महात्मा गान्धीको भित्तेचित्रको अनावरण गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ