- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय पूर्व क्रिकेटर एवं कांग्रेस आईका नेता नवजोत सिंह सिद्धूको कमाइ घटेको छ । उनले पंजाबको सबैभन्दा चर्चित मानिएको अमृतसर इस्टबाट शनिबार चुनावका लागि उम्मेदवारी दिने क्रममा पेश गरेको शपथ पत्रअनुसार उनको कमाइ घटेको हो ।
उनले आफ्नो कमाइ घटेको बारेमा मिडियामा पनि जानकारी दिएका छन् । सन् २०१७ मा दिएको शपथपत्रमा उनको आम्दानी २.३५ करोड भारु रहेको थियो । उनी त्यतिबेला टेलिभिजन कार्यक्रम ‘कपिल शर्मा शो’ मा देखिन्थे । अब भने उनको आम्दानी जम्मा २२.५८ लाख तथा उनकी पत्नीको कमाइ ५० लाखबाट घटेर २६.५६ लाख झरेको छ ।
अचल सम्पत्तिको बजार भाउ भने बढेको छ । सन् २०१७ मा अचल सम्पत्ति ३८.९७ करोड रहेकामा अहिले करिब २.४० करोड बढेको छ । उनको गाडीको मोल कम भएको छ । उनीसँग दुईवटा ल्याण्ड क्रुजर गाडी छन् । जसमा एउटाको मोल ११ लाख तथा अर्काको मोल १.०८ करोड रहेको छ ।
उनको एउटा फच्र्युनर कार पनि रहेको छ । जसको मोल ११.४३ लाख रहेको छ । उनले यसपालिको शपथ पत्रमा मिनी कूपर गाडीबारे उल्लेख गरेका छैनन् । यसको बजार मोल सन् २०१७ मा २६ लाख रहेको थियो ।
उनले ‘ओ गुरु’ भनिरहने भएकाले उनलाई सिद्धु गुरु पनि भनिन्छ ।
घडीका शौखिन सिद्धूसँग ४४ लाख भारुका घडी छन् । सन् २०१७ देखि २०२२ सम्म उनले कुनै पनि नयाँ घडी किनेका छैनन् । उनीसँग भएका गरगहनाको मोल ३६.३६ लाखबाट बढेर ७० लाख पुगेको छ ।
त्यस्तै ५१ हजार १४६ स्क्वायर यार्डमा होली सिटीमा बनेको घरको मोल सन् २०१७ मा ३१.०५ करोड रहेकामा बढेर अहिले ३४.१६ करोड पुगेको छ ।