arrow

भारतमा घटे संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
covid-test-india.JPG

नयाँ दिल्ली। भारतमा पछिल्लो समय दैनिक संक्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले संक्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ । 

सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ४.५९ प्रतिशत भएको जनाइएको छ । 

दैनिक नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गएको हो । 

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना संक्रमित भएका मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल संक्रमित भएका समाचारमा जनाइएको छ । 

सोही अवधिमा कोरोना संक्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
 
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ । 

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ