arrow

अमेरिकामा महात्मा गान्धीको खरानी रहेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
gandhi-kharani.png

काठमाडौं । आज अर्थात् जनवरी ३० को दिन भारतका पिता भनेर चिनिने स्वतन्त्रता सङ्ग्रामका प्रमुख महात्मा गान्धीको हत्या भएको थियो । भारतमा आज बिशेष रुपमा महात्मा गान्धीको पुण्य तिथि मनाइएको छ ।

अमेरिकी राज्य क्यालिफोर्निया स्थित एक लेक तीर्थस्थल (lake shrine) ले महात्मा गान्धीको खरानी रहेको दाबी गरेको छ ।

भारतबाट अमेरिका सरेका योगी एवं आध्यात्मिक व्यक्तित्व परमाहंस योगानन्दले सन् १९५० मा लेक श्राइन आध्यात्मिक रिट्रेटको स्थापना गरेका थिए ।

हलिउड भन्दा केही मिनेटको दुरीमा रहेको क्यालिफोर्निया सनसेट बुलेभार्ड स्थित लेक श्राइनमा गएर मानिसहरूले शान्तिसँग आफ्नो सप्ताहान्त बिताउन सक्छन्, योग र ध्यानका साथै समुद्र नियाल्न सक्छन् ।

सन् १९४८ मा गान्धीको हत्या भएपछि अन्तिम संस्कारपछि उनको खरानीलाई २० भागमा बाँडेर देशभरका विभिन्न ठाउँमा स्मृतिका लागि राखिएको थियो ।

लेक श्राइनमा राखिएको गान्धीको खरानी देशबाहिर रहेको एउटै हुनसक्ने बताइएको छ । लेक श्राइनमा रहेको सारकोफ्यागसभित्र सानो बाकसमा गान्धीको खरानीको अंश रहेको बताइएको छ ।

उक्त खरानी योगानन्दका साथी भारतीय सहर पुणेमा बस्ने प्रकाशक र पत्रकार वीएम नवलेले दिएको हुनसक्ने बताइएको छ ।

योगानन्द भारतको गोरखपुरमा जन्मेर पछि अमेरिका सरेका थिए । महात्मा गान्धीका सन्तानजनले उक्त खरानी सुरक्षित रूपमा राख्न अनुरोध गरेका छन् ।

महात्मा गान्धीका नाति तुषार गान्धीले करिब २० वर्षअघि लेक श्राइनमा उनको खरानी रहेको कुरा सुनेको बताएका छन् ।

यद्यपि उनले आफ्ना हजुरबुवा अर्थात् महात्मा गान्धीको खरानी राख्नु उनको इच्छा विपरीत रहेको बताएका छन् ।

किनकि गान्धीले 'आफू नरहेपछि आफ्नो खरानी विसर्जन गर्नु' भनेको उनले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ