arrow

ओमिक्रोनको अनुसन्धानका लागि दासले गरे शरीर दान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
omicron-corona-virus.jpg

काठमाडौं ।  विश्वभर ओमिक्रोन भेरियन्टको प्रभाव बढ्दो छ । कोरोनाको पहिलो र दोस्रो लहर पछि तेस्रो लहरका कारण पुनः विश्व प्रभावित बनेको छ । यसैबीच भारतका एक व्यक्तिले ओमिक्रोनको अनुसन्धानका लागि शरीर दान गरेका छन् । 

कलकाताका ८९ वर्षीय निर्मल चन्द्र दासले ओमिक्रोन भाइरसले शरीरलाई कसरी हानि गर्छ भन्ने अनुसन्धानका लागि आफ्नो शरीर दान गरेका हुन् ।

यो सम्भवतः भारतमा ओमिक्रोन संक्रमित व्यक्तिको पहिलो शरीर दान हो। निर्मल चन्द्र दासको चित्तरञ्जन राष्ट्रिय क्यान्सर प्रतिष्ठानमा शुक्रवार निधन भएको हो । उनी ओमिक्रोनबाट संक्रमित भएका थिए ।

 उनको शव शनिवार मेडिकल कलेजको फोरेन्सिक विभागलाई दान गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ