arrow

भारतमा थपिए दुई लाख संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ माघ १७ सोमबार
recovery-india-corona.jpg

नयाँदिल्ली । भारतमा कोरोना भाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यस अवधिमा नयाँ संक्रमित भन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको हो ।

मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि संक्रमितावस्थामै रहेको जनाएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० संक्रमित भएका छन् । 

पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कुल मृतकको सङ्ख्या चार लाख ९५ हजार ५० पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ