arrow

दुई समितिको सभापतिमा सिलवाल र पोखरेल निर्विरोध निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
parliament-bagmati-province.jpg

मकवानपुर । बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादु सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन् । 

प्रदेशसभा सचिवालयका सह-प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक-एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरूलाई स्वतः सभापति घोषणा गरिएको हो ।

 दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो । उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका थिए ।

 उनीहरू दुवैजना काठमाडौँ निवासी हुन् । दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन । 

अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ