arrow

बुधबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
bida.jpg

बागमती । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसार पर्वको उपलक्ष्यमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयद्वारा जारी सूचनामा १९ गते बुधवार नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने उल्लेख छ । 

यसअघि बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होसार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा  सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

उनको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । 

त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ