arrow

आइसोलेसनमा बसे क्यानडाका प्रधानमन्त्री

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ १८ मंगलबार
Justin-Trudeau-pM.png.png

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्– मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु । साथै उनले सोही ट्वीटरमा क्यानडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् । 

उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ