arrow

प्रधानमन्त्री गार्भिलितालाई संक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ १९ बुधबार
Natalia-Gavrilița.png

बुचारेष्ट । युरोपेली मुलुक मोल्डोभाकी प्रधानमन्त्री कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोनाभाइरसबाट संक्रमित भएको मङ्गलबार पुष्टि भएको जानकारी दिएकी छन् ।  

सामाजिक सञ्जालमा उनले लेखेकी छन् , “मेरो पिसिआर परीक्षण गर्दा आज संक्रमण भएको रिपोर्ट आएको छ ।”

उनले आफूलाई स्वास्थ्य समस्या नभएको स्पष्ट पार्दै केही समय घरबाटै वा अनलाइनबाटै काम गर्ने जानकारी दिइन् । 

मोल्डोभामा पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोनाभाइरसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल १३ हजार ९८८ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । 

कुल ३५ लाख जनसङ्ख्या भएको मुलुकमा अहिलेसम्म चार लाख ४५ हजार ४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ