- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसँग भेटर्वाता गरेका छन् ।
कीभ (युक्रेनको राजधानी) र मस्कोसँगको उच्चस्तरीय वार्तापछि फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेन संकटको समाधान हुन अझै महिनौं लाग्ने बताएका छन् ।
मङ्गलबार कीभमा आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीसँगको भेटपछि म्याक्रोनले विचारमा सहमति ल्याएर तनाव कम गर्ने उपाय खोज्नु आवश्यक भएको बताएका हुन् ।
उनले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । म्याक्रोनले पुटिनलाई ठोस सुरक्षा ग्यारेन्टीको प्रस्ताव राखेको र त्यसमा रुसी राष्ट्रपति पुटिनले केही विचारहरू मिलेमा स्थितिलाई सहज बनाउन मद्दत गर्ने टिप्पणी गरेको बताएका छन् ।
म्याक्रोनले रुस र युक्रेन दुवै मिन्स्क सम्झौताप्रति प्रतिबद्ध रहेको बताएका छन्