arrow

युक्रेनमाथि तनावबीच रुस-बेलारुस संयुक्त सैन्य अभ्यास गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
russia-belarus-start-joint-military-drills.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेका बेला बेलारुससँग १० दिने संयुक्त सैन्य अभ्याससमेत गर्न थालेको छ ।

यो सैन्य अभ्यासलाई नेटोले पूर्व सोभियत बेलारुसमा शीतयुद्धपछि रूसको सबैभन्दा ठूलो सैन्य तैनाथी भनेको छ । बेलारुससँगको सैन्य अभ्यासमा करिब ३० हजार रुसी सेनाले भाग लिने अपेक्षा गरिएको छ।

बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दृढ सहयोगी मानिन्छन् । सन् २०२० मा लुकाशेन्कोविरुद्ध बेलारुस ठूलो प्रदर्शन हुँदा रुसले उनलाई समर्थन गरेको थियो ।

रुसी प्रवक्ताले यो संयुक्त सैन्य अभ्यासलाई गम्भीर रूपमा वर्णन गर्दै रुस र बेलारुसले अभूतपूर्व खतराहरूको सामना गरिरहेको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसले यो सैन्य अभ्यासलाई युक्रेनमाथिको तनावलाई झनै बढाउने गतिविधि भएको भनेको छ ।

रुसले सीमामा एक लाखभन्दा बढी सेना र ठूलठूला हातहतियार तैनाथ गरे पनि युक्रेनमाथि आक्रमण गर्ने योजनालाई बारम्बार अस्वीकार गर्दै आएको छ।

तर अमेरिका लगायत अन्य पश्चिमी मुलुकले रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

सन् २०१४ मा रुसले युक्रेनको दक्षिणी भाग क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लिएको थियो । त्यसबेलादेखि रुस युक्रेनबीच तनाव बढेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ