arrow

अर्थमन्त्री र श्रममन्त्रीले फेरे महानिर्देशक  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
mahanirdeshak-123123.jpg

काठमाडौं । चुनावको मुखमा अर्थमन्त्री जनार्दन शर्मा र श्रम  तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठले आफू मातहतका महत्वपूर्ण विभागमा महानिर्देशक फेरेका छन् । अर्थमन्त्री शर्माले ५ महिनामै भन्सार विभागको महानिर्देशक फेरेका छन् । 

उनले नारायण सापकोटालाई विभागको महानिर्देशकबाट सरुवा गरेका छन् । सापकोटालाई लुम्बिनी प्रदेश पठाइएको छ । मन्त्रालय स्रोतका अनुसार पछिल्लो समयमा मन्त्रीसँग सापकोटाको टयुनिङ मिल्न छाडेको थियो । अर्थमा आएको एक–दुई महिनामै शर्माले सापकोटालाई भन्सार विभागमा लगेका थिए । 

अर्थमन्त्री शर्माले मन्त्रालय मातहतको बजेट महाशाखामा पनि महाशाखा प्रमुख फेरेका छन् । भुपाल बराललाई बजेट महाशाखाबाट राजस्व अनुसन्धान विभागमा सरुवा गरी त्यस ठाउँमा जाजरकोटका चक्र बोहरालाई ल्याएका छन् । 

बजेट महाशाखालाई महत्वपूर्ण महाशाखा मानिन्छ । त्यसमा उनले आफू निकट  कर्मचारीलाई ल्याएका छन् । मन्त्रालय स्रोतका अनुसार भन्सार विभागको महानिर्देशकमा कमल भट्टराइलाई ल्याउने तयारी भएको छ । 

गत पुस महिनामात्र भट्टराईलाई प्रदेश १ बाट अर्थ मन्त्रालयमा ल्याइएको थियो । योगेश भट्टराई पर्यटनमन्त्री हुँदा कमल भट्टराई योगेशसँग निकै निकट मानिन्थे । 

त्यसबेला उनलाई कर्णाली प्रदेशमा सरुवा गरिएको थियो । योगेशको पहुँच प्रयोग गरेर कमल सरुवा भएको ठाउँमा एक दिन पनि हाजिरी गर्न गएका थिएनन् ।  

सरुवा भएको कार्यालयमा एक दिन पनि हाजिरी नगरी उनी काठमाडांैमै बसेका थिए । सरकार फेरिएपछि भने उनलाई प्रदेश १ मा पठाइएको थियो । 

अर्थ स्रोतका अनुसार अर्थमन्त्री शर्माले आचार संहिता लागु हुनुअघि नै अर्थ मातहतका अन्य कार्यालयमा पनि उच्च कर्मचारी फेरबदल गर्ने तयारी गरेका छन् । 

यसको लागि गृहकार्य भइरहेको अर्थ स्रोतले बतायो । 

यसैगरी श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार विभागको महानिर्देशक फेरेका छन् । 

विभागका महानिर्देशक दीपक काफ्लेलाई मन्त्रालय सरुवा गरी त्यस ठाउँमा शेषनारायण पौडेललाई लगिएको छ । 

श्रम मन्त्रालय स्रोतका अनुसार श्रमसचिव एकनारायण अर्यालको डिजाइनमा पौडेललाई वैदेशिक रोजगार विभागमा पठाएको हो । 

श्रममा आर्याल जाने बित्तिकै उनले तत्कालीन भूमि व्यवस्थापन विभागका महानिर्देशक पौडेललाई भूमि व्यवस्थापनबाट श्रममा लगेका थिए । 

श्रममा गएपछि सचिव अर्यालले मन्त्रालयमा आफ्नो सेटिङ तयार गरेका छन् । उनले राजिव पोखरेललाई संघीयबाट श्रममा ल्याएका छन् । 



नयाँ