arrow

रुस र युक्रेनको भ्रमणमा जाँदै जर्मन चान्सलर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
olaf scholz germany spd.jpeg

काठमाडौं । जर्मनीका चान्सलर ओलाफ सोल्ज रुस र युक्रेनको भ्रमणमा जाने भएका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेका बेला स्थिति समाधानको प्रयासका रूपमा चान्सलर सोल्ज त्यहाँ जान लागेका हुन् ।

जर्मनीका प्रमुख सोल्ज सोमबार युक्रेनको राजधानी किभ र मङ्गलवार रुसको राजधानी मस्को पुग्ने भएका हुन् । त्यहाँ दुवै देशका राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा उनले सङ्कट समाधानका लागि कूटनीतिक पहल गर्ने बताइएको छ ।

शुक्रवार उनले जर्मन संसद्को माथिल्लो सदनमा बोल्दै युरोपमा युद्ध रोक्नु आफूहरूको जिम्मेवारी रहेको बताएका छन् । रुसले युक्रेनी सीमामा १ लाख भन्दा बढी सेना र ठुलठुला हातहतियार तैनाथ गरेको छ ।

यसबीच अष्ट्रेलियाले त्यहाँ स्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । भने अमेरिकाले समेत त्यहाँ स्थित आफ्ना नागरिक र कर्मचारीहरूलाई फिर्ता बोलाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ