arrow

कोरोना खोप विरोधी प्रदर्शनकारीको बैंक खाता रोक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
canada-anti-vaccine-campaign.jpg
तस्बिर– फाइल

काठमाडौं । विश्वलाई कोरोना भाइरसले आक्रान्त पारिरहेका अवस्थामा यसको रोकथामको एकमात्र विकल्प कोरोना विरुद्धको खोपमात्र भइरहेका सन्दर्भमा अझै पनि कतिपयले खोप लगाउन मानिरहेका छैनन् । सरकारले त्यस्ताविरुद्ध कडा कदम चाले पनि विरोधको रुप भने बढ्दो छ । 

क्यानाडामा त्यस्तै अति भएपछि सरकारले कडा कदम चालेको छ । कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्याशित कदम चालेका छन् । खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपतकालीन ऐन ल्याएका छन् । 

सरकारले चाल्ने कदमको क्षेत्र ‘समय–सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन् । 

नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना बैंकहरुले प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ । सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन् । 

क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानून ल्याएको प्रधानमन्त्रीले बताएका छन् । प्रदर्शनकारीलाई कैद वा जरिमाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनले बताए ।

आइतबार कानून कार्यान्वयन निकायले खोप विरोधी प्रदर्शनकारीलाई विन्डसोरस्थित एम्बास्डर ब्रिजबाट प्रदर्शनकारी हटाइएको थियो । सो ब्रिज क्यानडा—अमेरिका व्यापारको एउटा महत्वपूर्ण मार्ग हो । 

सरकारले क्यानाडाबाट अमेरिका जाने ट्रक चालकहरुलाई अनिवार्य खोपको प्रावधान ल्याएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ