arrow

एकैदिन ३० हजार भन्दा बढी संक्रमित थपिए

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन ५ बिहिबार
corona-covid-dalta-plus.jpg

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले  बिहीबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ  । 

सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाहरुको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १९ लाख १० हजार ९८४ जना संक्रमण मुक्त भएका छन् ।  
 
अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय संक्रमितको सङ्ख्या तीन लाख ३२ हजार ९१८ रहेको छ । गत २४ घण्टामा मात्र ३७ जना  ३२२ जना सक्रिय संक्रमित घटेका पनि समाचारमा जनाइएको छ । 

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५४१ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १० हजार ४१३ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ