arrow

चीनको स्थानीय स्तरमै संक्रमित बढे

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन ८ आइतबार
china-corona.jpg

बेइजिङ । चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो । 

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा यहाँ शनिबार १०१ जना संक्रमित देखिएका छन् । ती संक्रमितमरु यहाँको स्थानीय स्तरमै देखिएका संक्रमितहरु हुन् ।

प्राप्त समाचारमा ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।
अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमित उपचाररत छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी चीनमा शनिबार मात्र विभिन्न देशबाट गरी थप ९४ जना कोरोना संक्रमित भेटिएका छन् । चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन ।

चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ