arrow

महारानी एलिजाबेथलाई संक्रमण 

logo
एएफपी,
प्रकाशित २०७८ फागुन ८ आइतबार
elizabeth-ii.jpg

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको छ । उनले निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताएको स्रोतले जनाएको छ । 

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड संक्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत् बाहिरिएको हो । 

त्यतिबेला महारानी एलिजाबेथ आफैले कोभिड परीक्षण गरेको वा नगरेको भन्नेबारे कुनै जानकारी दिइएको थिएन । उनले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेटेकी थिइन्। उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड संक्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो । 

दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड संक्रमण पुष्टि भएको छ ।” 

विज्ञप्तिमा थप भनिएको छ, “उनले हल्का चिसाको लक्षणहरूको अनुभव गरिरहनुभएको छ । यद्यपि आगामी हप्तामा विन्ड्सरबाटै हल्का खालका जिम्मेवारीलाई सम्हाल्नुहुनेछ ।” 

“उहाँको निरन्तर स्वास्थ्य उपचार भइरहने र कोभिडजन्य नियमका सबै आवश्य निर्देशनहरू पालन गर्नुहुनेछ ।” 

महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ । दरबारले उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेको यसपहिले नै पुष्टि गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ