arrow

बङ्गलादेशले कोभिड विरुद्धका प्रतिबन्धहरू नलम्ब्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
corona-bangladesh.jpg

ढाका । बङ्गलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरू अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषद्का सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन् । उनले अब बङ्गलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरूको समय नथप्ने जानकारी दिएका हुन् । 
 
बङ्गलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरू लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरू देखि होटलहरु बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरू लगाइएको छ । 
 
ती प्रतिबन्धहरूको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ