arrow

युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत

logo
रासस–एएनआई–स्पुतनिक,
प्रकाशित २०७८ फागुन १० मंगलबार
united-nations.jpg

काठमाडौं । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन  भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका छन् ।  रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको विपरीत भएको प्रवक्ताको भनाइ छ। 

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रका निश्चित क्षेत्रहरूको स्थितिसँग सम्बन्धित रूसी संघको निर्णयबाट महासचिव धेरै चिन्तित छन् । उनले मिन्स्क सम्झौता अनुसार पूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेका छन् जुन सुरक्षा परिषद्ले प्रस्ताव २२०२ ९२०१५० मा अनुमोदन गरेको हो, प्रवक्ता डुजारिकले बताएका छन् । 

संयुक्त राष्ट्रसंघले सान्दर्भिक महासभाको प्रस्तावहरू अनुरूप युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सीमानामा पूर्ण रूपमा समर्थन गर्दछ, उनले उल्लेख गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, संयुक्त राष्ट्रसंघका महासचिवले कूटनीतिलाई प्राथमिकता दिंदै युक्रेन र वरपरको खतरनाक अवस्थालाई थप जटिल बनाउने कुनै पनि कार्य  रोक्न, तत्काल शत्रुता अन्त्य गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षणमा आफ्नो प्रयास केन्द्रित गर्न सबै सम्बन्धित पक्षहरूलाई आग्रह गर्न आग्रह गरेका छन् । 

रुसी राष्ट्रपति पुटिनको सो घोषणापछिको अवस्थाको बारेमा छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ