arrow

बहाना सकिएपछि चीनले एमसीसीबारे भन्यो –अल्टिमेटम दिएर कसरी उपहार दिइन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
hua-china-mcc.PNG

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई लिएर चीनले फेरि टिप्प्णी गरेको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयले अल्टिमेटम दिएर कसरी उपहार दिइन्छ ? भन्दै प्रश्न गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले बुधबार पत्रकार सम्मेलनमा बोल्दै यस्तो प्रश्न गरेकी हुन् । फेब्रुअरी ९ मा काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा एमसीसी अमेरिकी जनताको तर्फबाट नेपाली नागरिकलाई उपहार भएको भन्दै उल्लेख गरिएको तर फेब्रुअरी २८ भित्र अनुमोदन गर्न अल्टिमेटम दिइएको भन्दै उपहार कसरी अल्टिमेटमसहित दिइन्छ भन्दै उनले प्रश्न गरेकी हुन् ।

चिनियाँ राज्य सञ्चालित मिडिया ग्लोबल टाइम्सका अनुसार उनले भनेकी छिन्, ‘अल्टिमेटम दिएर ‘उपहार’ कसरी पठाउन सकिन्छ ? मानिसहरूले यस्तो उपहार कसरी स्वीकार गर्न सक्छन् ? यो उपहार हो कि प्यान्डोराको बक्स ?’

यसअघि केही दिनअघि चीनले नेपालमा एमसीसी पारित गर्न अमेरिकाले जबरजस्ती कुटनीति अपनाएको टिप्पणी गरेको थियो ।

नेपालका कम्युनिष्ट नेताहरुलाई कुनै पनि हालतमा एमसीसी संसदमा नलैजान चेतावनी दिएको चीनले एमसीसी गत फागुन ८ गते संसदमा टेबलसमेत भइसकेपछि छट्पटाएको छ । 

उसले नेताहरुलाई आफ्नो मुठ्ठीमा नचाउन खोजिरहेको छ । अब कुनै बहाना बाँकी नरहेपछि उसले उपहारमा लगेर कुरा जोडेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ