arrow

रुसविरुद्ध नेटोले सेना पठाउन चाहेन

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
NATO-forces3.jpg.jpeg

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धी सङ्गठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिएका हुन् । उनले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरू स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेटोको आपत्कालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिए । उनले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहने गरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ– हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ ।

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ