arrow

व्याख्यात्मक विधिमार्फत एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल राजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
prachanda-madhavs.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाँडै निर्णय नगरे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सम्झौता गरेर भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अडान लिएपछि अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक विधिबाट एमसीसी पास गरेर जान सहमत भएको स्रोतको दाबी छ । 

सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एस पार्टीका अध्यक्ष नेपाल एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा गरेर वैकल्पिक विधिमार्फत पास गर्न सहमत भएको बालुवाटार उच्च स्रोतले जनाएको छ ।  

एमसीसीसँगको सम्झौता संसद्बाट पारित गर्न असहयोग गर्दा गठबन्धन नै टुट्ने अवस्था आएपछि  प्रचण्ड र नेपाल व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने विकल्पका लागि तयार भएको स्रोतको दाबी छ  । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसीसीबारे व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार पारिसकेको छ । सो विषयमा राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु छलफलमा जुटेका थिए । 

देउवासँगको सो विषयमा कुराकानी भएपछि शनिबार राति नै खुमलटारमा प्रचण्ड, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । ‘ड्राफ्टमा हस्ताक्षर नहुँदासम्म भर त छैन तर पनि अब यो नै अन्तिम विकल्प हो’, बालुवाटार स्रोतले भन्यो ।
 
ड्राफ्ट तयार गरिरहेको टोलीका सदस्यहरुले प्रचण्ड र नेपाललाई बेग्लाबेग्लै भेटेर व्याख्यात्मक घोषणाबारे जानकारी दिएका थिए । व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार भएपछि प्रचण्ड र नेपालले शनिबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार गएरै भेट गरेका थिए ।  

देउवासँगको भेटपछि दुवै नेता प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन् । खुमलटारमा गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत सहभागी भएको जनाइएको छ । 

जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराइले एमसीसी पास नगर्ने हो सरकारमा बसिरहनुको औचित्य नभएको भन्दै माओवादी, एस पार्टी र उपेन्द्र यादवलाई दबाब दिइरहेका बेला व्याख्यात्मक विधिमार्फत अघि बढ्न प्रचण्ड र नेपाल सहमत भएको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ