arrow

प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
bagmati-pradesh-sabha-final.jpg
तस्बिर– फाइल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।  

प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ