- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।
उत्तर कोरियाको सुनान क्षेत्रबाट स्थानीय समय अनुसार बिहान ७ बजेर ५२ मिनेटमा उक्त क्षेप्यास्त्र प्रहार गरिएको थियो दक्षिण कोरियाले जनाएको हो ।
यस्तै उत्तर कोरियाले ३०० किलोमिटर टाढा र ६०० किलोमिटर उचाइसम्म उडेको एक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।
यो मिसाइल उत्तर कोरियाले सन् २०२२ को जनवरी ३० पछि गरेको हो । विश्वले रुसले युक्रेनमाथि गरिरहेको युद्ध समाधान गर्न प्रयास गरिरहेको बेला उत्तर कोरियाले मिसाइ प्रहार गर्नु अनुचित रहेको दक्षिण कोरियले जनाएको छ ।
उत्तर कोरियाको यो कदम शान्ति स्थायित्वका लागि 'अवांछनीय' भएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले जनाएको छ।