arrow

व्याख्यात्मक घोषणासहित आजै एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
gathabandhan baithak.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आजै अनुमोदन हुने भएको छ । सत्ताधारी गठबन्धनको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित प्रतिनिधि सभाबाट आजै अनुमोदन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो । अहिलेसम्म उठेका सबै शंकाका विषयलाई समेटेर व्याख्यात्मक घोषणा तयार पारिएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताएका छन् । 

प्रतिनिधि सभाको बैठक अहिले बस्दैछ । पहिलो चरणको बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक बसेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ