- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीको आरोपप्रति कडा जवाफ दिएका छन् । गत आइतबारको संसद बैठकमा एमाले विरोधमा रहेकै बेलामा रावलले एमसीसीका बारेमा बोलेको विषयमा टिप्पणी गर्दै ओलीले ‘हिरो हुन खोजेको’ भनी प्रतिक्रिया दिएसँगै रावलले त्यो विषयमा झन् कडा टिप्पणी गरेका हुन् ।
मंगलबार ओलीले गरेको पत्रकार सम्मलेनमा संचारकर्मीबाट एमालेले संसद अवरोध गरिरहँदा एमालेकै सांसद भीम रावलले संसदमा सहभागीता जनाउँदै एमाले पनि सहभागी भएको मानिएको प्रश्न गरेपछि जवाफ दिने क्रममा ओलीले रावल पार्टीको नीति विपरीत संसदमा सहभागी भएर आफूलाई हिरो बनाउन खोजेको प्रतिक्रिया दिएका थिए ।
साथै ओलीले यस विषयमा पार्टीमा छलफल हुनेसमेत बताएका थिए । त्यसको जवाफमा बुधबार बिहान मात्रै रावलले ‘मैले हिरो हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर महाहिरो हुनु भएको भए म खुशी हुनेथिएँ’ भनी लेखेका छन् ।
उनले ट्वीटरमा ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया’ भन्ने लेखेका छन् ।
आइतबारको संसद बैठकमा भाग लिँदै रावलले एमसीसीको विरोध गरेका थिए । मंगलबार ओलीले एमसीसीको समर्थन गरेका छन् । ओलीले आफूहरुलाई सहभागी हुने अवसर नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले पनि कारबाही गर्नुपर्ने माग राखेको छ ।