arrow

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

logo
रासस,
प्रकाशित २०७८ फागुन २५ बुधबार
ncp-united-socialist-party-office.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय  कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदै छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्य योजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दएर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए। पार्टीको यही फागुन २३ गतेको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ