arrow

पञ्जाबमा आम आदमीले झाडु लगायो, कंग्रेस पत्तासाफ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
FNd7IJ9agAETHw9.jpg

काठमाडौं । भारतको पञ्जाब राज्यमा आम आदमी पार्टी आपले अप्रत्यासित सफलता हासिल गर्ने देखिएको छ । चुनावको मतगणनाको शुरुवाती चरणमा आप विजयउन्मुख देखिएको छ । 

११७ सिट भएको पन्जाबमा आम ८९ सीटमा अगाडि देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ । पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कांग्रेस कंग्रेसलाई ठूलो धक्का लागेको छ ।आपको जित निश्चित भएसँगै अरबिन्द केजरीवालका लागि दिल्ली बाहिर पहिलो ठूलो सफलता हुनेछ । 

पञ्जाबमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम आदमी पार्टीमा प्रवेश गरेका थिए । सन् २०१९ को निर्वाचनमा पंजाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् । 

कंग्रेस १५ सिटमा मात्रै अगाडि रहेको छ । भारतीय जनता पार्टी केबल चार सिटमात्र अगाडि छ । कंग्रेसका दिग्गज नेताहरु वर्तमान मुख्यमन्त्री चरणजीत चन्नी, नवोजित सिंह सिद्धु तथा पूर्व मुख्यमन्त्री अरबिन्दर सिंह लगायत चर्चित अनुहार सबै पछाडि रहेका छन् । 

बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ