arrow

पहिलो पटक चुनाव हारे सिद्धु, सोनु सुद रुचाइएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
siddhu-sood.jpg

काठमाडौं । भारतीय राजनीतिमा कहिले अनुहारले काम गर्छ भने कहिले राजनीतिक दलले । यसपालि पञ्जाब राज्यमा दलले काम गरेको छ । अनुहार हारेको छ । 

पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह, वर्तमान मुख्यमन्त्री चरणजीत चन्नी, कांग्रेस नेता नवोजोत सिंह सिद्धु, चलचित्र अभिनेता सोनु सुद तथा अकाली दलका नेता विक्रम मजिठिया पराजित भएका छन् । 

९४ वर्षे प्रकाश सिंह बादल आम आदमी पार्टीको सुनामीमा परेर हार्न पुगे । ८० वर्षे क्याप्टेन सिंह पनि राजनीतिक करियरमा विधानसभा चुनावमा दोस्रो पटक पराजित भए । 

त्यस्तै कहिल्यै नहारेका नवजोत सिंह सिद्धु र विक्रम सिंह मजिठियाको रेकर्ड पनि तोडिएको छ । मुख्यमन्त्री चन्नीसहित अहिलेको सरकारका ८० प्रतिशत मन्त्री पनि पराजित भएका छन् । 

त्यस्तै शिरोमणि अकाली दलका अध्यक्ष सुखबीर बादल पनि पराजित भए । चन्नीको हारले पञ्जाबमा कंग्रेसको दलित राजनीति पनि समाप्त भएको विश्लेषण गरिएको छ । 

११७ सिट रहेको पञ्जाबमा आम आदमी पार्टीले दुई तिहाई सिटसहित जितेको छ । कंग्रेसलाई ठूलो झड्का लागेको छ । भाजपाले २ सिटमात्र जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ