arrow

पञ्जाबमा आम आदमी पार्टीलाई तीन चौथाइ मत 

logo
एएनआई,
प्रकाशित २०७८ फागुन २६ बिहिबार
FNd7IJ9agAETHw9.jpg

चण्डीगढ । भारतको पञ्जाव राज्यमा आम आदमी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ ।  विधान सभाका लागि भएको निर्वाचनमा अत्याधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आदमीले नै बनाउने भएको छ ।

न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आदमीलाई मन पराएको पाइएको र आम आदमीले चमत्कार गरेको टिप्पणी भएको छ ।  स्थानीय समय अनुसार बिहीबार बेलुका ६ बजेसम्म, कुल ११७ प्रदेश सभा सदस्य मध्ये ८९ मा आम आदमीले जित हासिल गरिसकेको छ । 

त्यसैगरी अहिले मत गणना भइरहेका मध्ये ३ ठाउँमा अग्रता कायम गरेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।   प्रदेश सरकारमा रहेको दल कांग्रेसले भने १५ ठाउँमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले मत गणना भइरहेका मध्ये काँग्रेस पनि तीन सिटमा अग्रस्थानमा देखिएको छ । 

अत्याधिक मत ल्याएकोले आम आदमी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उहाँलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ