arrow

भारतका पाँच राज्यमा कसलाई कति भोट, भाजपालाई फाइदै फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
yogi-aadityanath-2022-election-win.jpg

काठमाडौं । भारतका पाँच राज्यमा भएको निर्वाचनमा भारतीय जनता पार्टी भाजपालाई फाइदै फाइदा भएको छ । भाजपा सम्मिलित गठबन्धनले उत्तर प्रदेशमा ४१.२ प्रतिशत मत पाएको छ । 

यो गठबन्धनले सन् ४०३ सिटमध्ये २०१७ को निर्वाचनमा ३२५ सिट जितेको भए पनि यसपालि जम्मा २७३ सिट जित्यो । जहाँ उसले ५२ सिट कम जित्यो । यद्यपि योगी आदित्यानन्दले कीर्तिमान बनाएका छन् । कोही पनि उत्तरप्रदेशका मुख्यमन्त्रीले पूरै कार्यकाल दुई कार्यकाल अहिलेसम्म कुर्सीमा बसेका छैनन् । 

उत्तर प्रदेशमा सपाले पहिले ४८ सिट जितेकामा अहिले १२५ सिट जितेको छ । उसले ३४.८ प्रतिशत मत जितेको छ । कांग्रेसले पहिले ७ सिट जितेकामा अहिले २ सिटमात्र जितेको छ । जम्मा २.३ प्रतिशत मत पाएको छ । 

बसपाले सन् २०१७ मा १९ सिट जितेकामा अहिले जम्मा १ सिट जितेको छ । अन्यले २ सिट जितेको छ । 

पंजाब राज्यमा कांग्रेस पत्तासाफ हुँदा आम आदम पार्टीले सनसनी मच्यायो । आपले ११७ मध्ये ९२ सिट जित्यो । सन् २०१७ मा २० सिट जितेको आपले यसपालि ७२ सिट बढी जित्यो । ४२ प्रतिशत मत ल्यायो । 

सन् २०१७ मा ७७ सिट जितेको कांग्रेस १८ सिटमा खुम्चियो । दिग्गज व्यक्तिहरुले हारे । मुख्यमन्त्रीले नै हारे । २२.९ प्रतिशत पायो कांग्रेसले । भाजपा गठबन्धनले जम्मा २ सिट जित्यो । यसअघि ३ सिट जितेको थियो । भाजपाले ६.६ प्रतिशत मत पायो । शिअदले ११ सिट गुमाएर जम्मा ४ सिट जित्यो । उसले मत भने २०.२ प्रतिशत पायो । अन्यले १ सिट जित्यो । 

उत्तराखण्डमा फेरि पनि भाजपालाई जनताले सत्ताको साँचो सुम्पेका छन् । भाजपाले ७० मध्ये ४७ सिट जित्यो । सन् २०१७ मा भने ५७ सिट जितेको थियो । ४४.३ प्रतिशत मत पायो । कांग्रेसले केही सुधार गरेको भए पनि विपक्षमै समेटियो । सन् २०११ मा ११ सिट जितेको कांग्रेसले यसपटक १९ सिट जित्यो । 

कांग्रेसले ३७.९ प्रतिशत मत पायो । अन्यले १४.५ प्रतिशत मत पाउँदा ४ सिट जित्यो भने आपले सिट नजिते पनि ३.३ प्रतिशत मत पायो । 

मणिपुरमा पनि भाजपाले सरकार बनाउने छ । ६० मध्ये ३२ सिट भाजपाले जितेको छ । यसअघि उसले २१ सिट जितेको थियो । यसपालि ३७.८ प्रतिशत मत जितेको छ । 

सन् २०१७ मा २८ सिट जितेको कांग्रेस यसपटक ५ सिटमा खुम्चेको छ । उसले १६.८ प्रतिशत सिट पाएको छ । एनपीपीले ७ सिट जितेको छ । उसले १७.२ प्रतिशत मत ल्यायो । एनपीएफले ५ सिट जित्दा ८.१ प्रतिशत मत पायो । अन्यले ११ सिट जित्दा २०.१ प्रतिशत मत पाए । 

गोवामा हल्का रमाइलो भएको छ । ४० सिटमध्ये भाजपाले २० सिट जितेको छ । उसले सरकार बनाउन कसैको साथ लिनुपर्नेछ । अन्यथा ठूलो दलको हैसियतले सरकार बनाउने छ । 

गोवामा सन् २०१७ मा १३ सिट जितेको भाजपाले यसपालि ७ सिट बढाएको हो । उसले ३३.३ प्रतिशत मत पायो । यूपीएले २० सिट जितेकामा यसपालि १२ सिटमा खुम्चियो । २५.२ प्रतिशत मत पायो । टीएमसीले १२.८ प्रतिशत मतसहित २ सिट, आपले ६.८ प्रतिशत मतसहित २ सिट जित्दा २.७ प्रतिशत मत पाएको एनसीपीले एक सिट पनि जितेन । अन्यले १९.३ प्रतिशत मतसहित ४ सिट जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ