arrow

प्रचण्डको आरोपः एमाले अझै संसद विघटन गराउन चाहन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
prachanda-final-action.JPG
तस्बिर– फाइल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले अझै पनि संसद विघटन गराउन चाहेको आरोप लगाएका छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अझै पनि संसद विघटन गराउन चाहेको आरोप लगाएका हुन् । 

एमालेको संसद विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन् । जस कारण एमालेले संसदमा अवरोध सृजना गरेको प्रचण्डको भनाइ छ । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे । 

निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका उनले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए । 



नयाँ