arrow

साउदीमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
saudi-arabia.PNG

काठमाडौं । साउदी अरेबियाले पछिल्ला २४ घण्टा (एक दिन)मा सात यमनी र एक सिरियाली नागरिकसहित ८१ जनालाई मृत्युदण्ड दिएको छ ।

विदेशी आतंकवादी संगठनप्रति आस्था राखेको र विचलित विश्वास गरेको अभियोगमा मृत्युदण्ड दिएको राज्यको समाचार एजेन्सी साउदी प्रेस एजेन्सीले जनाएको छ। साउदीको आधुनिक इतिहासमा पहिलो पटक एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको बताइएको छ ।

'यी व्यक्तिहरू निर्दोष पुरुष, महिला र बालबालिकाको हत्यासहित विभिन्न अपराधमा दोषी ठहरिएका थिए,' साउदी प्रेस एजेन्सीले शनिबार आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै भनेको छ ।

'यी व्यक्तिहरूद्वारा गरिएका अपराधहरूमा आईएसआईएस, अल कायदा र हुथीजस्ता विदेशी आतंकवादी संगठनहरूप्रति वफादारीता पनि रहेको,' विज्ञप्तिमा अघि लेखिएको छ ।

मृत्युदण्ड दिइएकामा ३७ जना पुरुष साउदी नागरिक रहेको र उनीहरु सुरक्षा अधिकारीहरूको हत्या गर्न खोजेको एउटै आरोपमा दोषी ठहर भएका थिए ।

साउदी अरेबियाको अन्तिम सामुहिक मृत्युदण्ड जनवरी २०१६ मा भएको थियो, त्यतिबेला ४७ जनालाई मृत्युदण्ड दिइएको थियो । जसमा एक प्रमुख विपक्षी शिया नेता पनि थिए जसले राज्यमा प्रदर्शनहरू निकालेका थिए।

सन् २०१९ मा साउदीले कथित आतंकवादसम्बन्धी अपराध ३७ साउदी नागरिकहरूको टाउको काटेको थियो । जसमा अधिकांश अल्पसंख्यक शिया थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ