arrow

श्रीलङ्काले पछिल्लो आर्थिक अवस्थाबारे छलफलका लागि सर्वदलीय सम्मेलन गर्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन २९ आइतबार
srilanka-flag.jpg

कोलोम्बो । दक्षिण एसियाली मुलुक श्रीलङ्काले वर्तमान् आर्थिक अवस्थाबारे छलफल गर्न मार्च २३ मा सर्वदलीय सम्मेलन गर्ने भएको छ ।  राष्ट्रपति सचिवालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सो जानकारी दिएका हुन् । 

राष्ट्रपति गोताबाया राजपाक्षको अध्यक्षता र प्रधानमन्त्री महिन्दा राजपाक्षको विशेष उपस्थितिमा हुने उक्त सम्मेलनमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरू सहभागी हुनेछन् ।

दैनिक विद्युत्भार कटौती, इन्धन र ग्यासको अभाव साथै प्रमुख अन्तर्राष्ट्रिय मुद्राको तुलनामा श्रीलङ्काको राष्ट्रिय मुद्रामा निकै ह्रास आएको समयमा सरकारले सर्बपक्षीय सम्मेलन बोलाएको हो । 

राज्यको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम निगमले शुक्रबार अक्टान ९२ पेट्रोलको मूल्य ७७ रूपैँया वृद्धिसँगै प्रतिलिटर २५४, अक्टान ९५ पेट्रोलको मूल्य ७६ रुपैँया वृद्धिसँगै २८३ रुपैयाँ र मोटर डिजेलको मूल्य ५५ रुपैयाँ वृद्धिसँगै १७६ रुपैयाँ पुगेको छ । शुक्रबार श्रीलङ्काली २५४.५४ रुपैयाँ बराबर १ डलरमा कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ