arrow

कोरियामा बढ्यो संक्रमण, ओमिक्रोन फैलिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
korea-south--coronavirus-job.jpg

काठमाडौं । नेपालीहरूको रोजगार स्थल दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ ।  कोरियामा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् ।  सोमबार गएको २४ घण्टा यता मात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरियन अधिकारीहरूले सम्भव यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरू भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । यहाँ गएको २४ घण्टा यता मात्र ३ लाख ९ हजार ७९० जनामा कोरोना संक्रमण देखिएको छ  ।

नागरिकहरूले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरूमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको छ ।
 
सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाख भन्दा बढी कोरोना संक्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको सङ्ख्यामा संक्रमित देखिने गरेका छन् ।यहाँका अधिकारीहरूले कोरियामा पछिल्ला हप्ताहरूमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ