arrow

माल्दिभ्समा मास्क अनिवार्य लगाउनु नपर्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन ३० सोमबार
mask-fashion.jpg

कोलोम्बो । माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेकोस्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । 

कोभिड-१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो ।

राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड-१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने दिशानिर्देशलाई संशोधन गरेको हो । 

सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठूला जमघट जस्ता अवस्थामा लगाउनु उचित हुने एचपीएले बताएको छ ।

 अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा र कोभिड-१९ को सङ्क्रमण दर २० प्रतिशत रहेको क्षेत्रमा भने सावधानी स्वरूप मास्क अनिवार्य रूपमा लगाउनु पर्ने एचपीएले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ