arrow

मास्कोलाई छलफलको टेबुलमा ल्याउन भारतको भूमिका महत्त्वपूर्ण : फ्रान्सेली राजदूत

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत १ मंगलबार
french-ambassador-lenain.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतका लागि फ्रान्सेली राजदूत इमानुएल लेननले भारत र रुसबिच राम्रो सम्बन्ध भएकोले मास्कोलाई छलफलको टेबलमा ल्याउनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घमा भारतले मतदानमा भाग नलिएको विषयमा बोल्दै  लेननले भने, 'भारत बलियो देश हो। भारतसँग रणनीतिक स्वायत्तता छ। हामी भारतले आफ्नो हित र सिद्धान्त अनुसार गरेको निर्णयलाई सम्मान गर्छौँ, त्यसैले भारतले के गर्नुपर्छ भनेर कसैले भन्नु हुँदैन। भारतको समर्थन धेरै स्वागत हुनेछ किनभने भारतको आवाज महत्त्वपूर्ण छ।'

भारतको मानवीय सहायतासम्बन्धी प्रश्नको जवाफ दिँदै लेनेनले भने, 'म विश्वस्त छु कि भारतीय अधिकारीहरूले पहिले आफ्ना नागरिकहरूको सुरक्षा गर्न खोजिरहेका छन्। कुनै पनि सरकारको लागि यो पहिलो प्राथमिकता हो। हामी आशा गर्छौँ कि यो समस्या समाधान भएपछि भारतको चिन्ता युक्रेनका सबै नागरिकहरूप्रति हुनेछ।'

भारतीय अधिकारीहरूले रुसलाई युद्ध विराम र वार्ताका लागि पहल गर्न आग्रह गरेका छन्। युक्रेनविरुद्धको सैन्य कारबाहीलाई लिएर रुसको निन्दा गर्ने राष्ट्रसङ्घको महासभाको प्रस्तावबाट भारत र अन्य ३४ देशले बुधवार बहिष्कार गरेका थिए। 

भारतले यसअघि युक्रेन सङ्कटमा महासभाको बैठक बोलाउन संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रक्रियागत मतदानबाट अलग रहेको थियो।

"ढोका बन्द छैन र हामीले प्रतिबन्धहरूमा संयुक्त ईयूको अडान अपनाएका छौँ। हामी अर्को चरणमा जति सक्दो सहयोगको अपेक्षा गर्छौँ। जुन मानवीय सहायताको समाधान हो। यो लडाइ होइन, दुई देश वा पूर्व र पश्चिम बीचको युद्ध हो। यो सिद्धान्तका लागि लडाइँ हो र एसियाका देश सिंगापुरले प्रतिबन्ध लगाएको छ। यो आक्रमणबाट धेरैजसो विश्व त्रसित छ। म विश्वस्त छु कि तपाईँले हिजो मतदान गरिएको प्रस्तावको नतिजा देख्नुभएको छ, रुसको विरुद्धमा १४१ राष्ट्रले मतदान गरेका छन् र यो एक असामान्य रूपमा बलियो सन्देश हो,' उनले थपे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ