arrow

भारत चार करोड ३० लाख नाघे कोरोना संक्रमित 

logo
रासस–सिन्ह्वा
प्रकाशित २०७८ चैत ३ बिहिबार
corona-india-child.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि  कोरोना कूल सङ्क्रमति  ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ । 

यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि  कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा मात्र २ हजार १२ सक्रिय सङ्क्रमित घटेका छन् ।  कोरोना शुरु भएबाट  हालसम्म भारतमा   ४ करोड  २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ