arrow

भारतमा ४ करोड ३० लाख नाघ्यो संक्रमितको सङ्ख्या

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत ४ शुक्रबार
corona-india-keral.jpg

नयाँदिल्ली । भारतको कोभिड–१९ संक्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । 

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमति चार करोड ३० लाख ४ हजार ५ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ । 

यसबाहेक शुक्तबार बिहानसम्म यस महामारीका कारण १४९ को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ । 

भारतमा हाल २९ हजार १८१ कोरोनाका सक्रिय संक्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।    

पछिल्लो २४ घण्टामा मात्र एक हजार ६१८ सक्रिय संक्रमित घटेका छन् ।कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २४ लाख ५८ हजार ५४३ सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । 

जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ९९७ कोरोनाबाट मुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ