arrow

भियतनाममा अहिले पनि दैनिक डेढ लाख बढी संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत ४ शुक्रबार
corona-virus-covid-19.jpg

हनोई । भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेको पाइएको छ ।  सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

ती मध्ये एक लाख ६३ हजार १६५ जना आन्तरिक रूपमै सरेर संक्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट संक्रमित भएका हुन ।

नयाँ संक्रमितहरूको देशभरका ६२ ठाउँका रहेका छन् । कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ । नयाँ संक्रमित मध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन । 

त्यसपछि दोस्रो धेरै संक्रमित एनघे प्रान्तमा रहेका छन । जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल संक्रमितहरूको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ । ती मध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ । 

दक्षिणपूर्वी एसियाली यस मुलुकमा कुल संक्रमित मध्ये ३८ लाख ६१ हजार ९५९ जना भने संक्रमणमुक्त भइसकेका छन् ।  

देशभरी खोप अभियान तीब्र रुपमा चलाइएको र महामारी न्यूनिकरणका अन्य उपायहरू समेत अपनाइएको भएपनि संक्रमितहरूको सङ्ख्या भने तीब्र रुपमा बढिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ