arrow

पोखरा आउँदै प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
prachanda-final-action.JPG

पोखरा । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितको पार्टी नेतृत्व पोखरा आउने भएको छ ।

यही चैत ६ गते आइतबार हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिननाथ शर्मा लगायतका नेताहरू पोखरा आउन लागेका हुन् । माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङका अनुसार प्रशिक्षणको सबै तयारी पूरा भएको छ ।

अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जवस मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहकारहरू सहभागी हुनेछन् ।

कार्यक्रममा करिब २५ सय नेता कार्यकर्ता सहभागी हुने सो पार्टीले जनाएको छ । प्रशिक्षण लगत्तै गण्डकीका ११ वटै जिल्लामा स्थानीय निर्वाचन केन्द्रित पार्टी गतिविधि अघि बढाउने योजना माओवादीले बनाएको छ ।



नयाँ