arrow

तेलको मूल्य उच्च हुँदा साउदी अरामकोको नाफा १२४ प्रतिशतले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
saudi-aramco.jpg

काठमाडौं । साउदी अरेबियाको तेल कम्पनी साउदी अरामकोले आइतबार सन् २०२१ को आम्दानी रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार कम्पनीले यो वर्ष खुद नाफा दोब्बरभन्दा बढी ११० अर्ब डलर कमाएको छ । कच्चा तेलको उच्च मूल्य, बलियो रिफाइनिङ र केमिकल मार्जिन, र यसको रसायन व्यवसायका कारण सन् २०२१ मा सन् २०२० को तुलनामा १२४ प्रतिशत बढी नाफा कमाएको कम्पनीले जनाएको हो ।

सन् २०२० मा कोरोना भाइरको महामारी उग्र बिन्दुमा रहेका बेला अरामकोले ४९ अर्ब अमेरिकी डलर नाफा कमाएको थियो ।  यस वर्ष अर्थात् सन् २०२१ मा ११० अर्ब अमेरिकी डलर नाफा कमाएको कम्पनीले जनाएको हो । यो समाचार आएसँगै आइतबार ४ प्रतिशतले अरामकोको सेयर बढिसकेको छ ।

महामारी शान्त भएपछि सन् २०२१ को मध्यपछि बढ्दो मागका कारण कच्चा तेलको मूल्य वृद्धिले नाफा बढी गर्न फाइदा पुगेको कम्पनीले जनाएको छ । अहिले रुसले युक्रेनमाथि आक्रमण गरेका बेलासमेत कच्चा तेलको मूल्य बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ