- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। रुसविरुद्ध अमेरिकाले नयाँ कदम चाल्ने भएको छ । युक्रनेमाथि लगातार आक्रमण गरिरहेको रुसविरुद्ध अमेरिकाले नयाँ कदम चाल्ने भएको हो । युक्रेनलाई समर्थन गरिरहेको अमेरिकाले रुसमाथि थप दबाब सृजना गर्न विशेष पहल गर्ने भएको छ ।
सो दबाब सृजना गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्डको जाने भएका छन्। बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जाने भएका हुन्।
उक्त भ्रमणमा बाइडेनले नेटो सहयोगीहरू, जी ७ नेताहरू र युरोपेली सङ्घका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्नेछन् । उनी रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् ।
युक्रेनमा रुसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिनेछन् ।
मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वारसा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ। "राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ", ह्वाइटहाउसले उल्लेख गरेको छ। मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नेछन्।